काठमाण्डाै । नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल बङ्गलादेशको ढाका नेशनल स्टेडियममा बेलुकी पौने ८ बजे शुरू हुनेछ ।
यसअघि नेपालले गएको भदौमा घरेलु मैदानमा बङ्गलादेशसँग मैत्रीपूण खेल खेलेको थियो । त्यो खेल बराबरीमा सकिएको थियो । यस्तै जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।
फिफा वरीयतामा नेपाल बङ्गलादेशभन्दा अघि छ । वरीयतामा नेपाल १ सय ८०औं र बङ्गलादेश १ सय ८३औं स्थानमा छ । यो नेपाली टोली नेपाली प्रशिक्षक हरि खड्काको नेतृत्वमा रहेको छ । यसअघिका प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि खड्काले जिम्मेवारी पाएका हुन् ।
पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेको छैन । पछिल्ला ६ खेलमा नेपालले ४ वटामा हार बेहोरेको छ भने २ वटा बराबरीमा सकिएको छ ।











