शिवरात्रीमा पशुपतिमा एक युवकको शंकास्पद मृत्यु, अनुसन्धानमा तानिए ‘बाबा’

काठमाडौं । शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु भएको छ । शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धा अघि बढाएको थियो ।

मृतक व्यक्तिको शरीरमा निलडाम र चोट पटक देखिएपछि मृत्यु संकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धानमा खटिएको छ ।

मृतक व्यक्ति संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । ‘मृतकको शरीरमा चोटपटक देखिएपछि घटना संकास्पद देखिएको छ । हामीले अनुसन्धान गरिरहेका छौं’ एसएसपी खड्काले भने । मृत फेला परेका गिरी पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको प्रहरीको भनाइ छ ।

शवको प्रकृत हेर्दा हत्याको आशंका गर्दै प्रहरीले पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि थप विषयहरु खुल्ने प्रहरीले बताएको छ ।

प्रहरी स्रातेका अनुसार अनुसन्धान गर्दा यो घटनामा एक ‘बाबा’ जोडिएका छन् । मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा एक ‘बाबा’ जोडिन आएको देखिएको प्रहरी स्रोतले बतायो ।

शिवरात्रीमा पशुपति आएका एक बाबाको मोबाइल हराएको थियो । उक्त मोबाइल अहिले मृत फेला परेका गिरीले चोरको आरोप बाबाको थियो ।

‘बाबाले नै अहिले मृत भेटिएका गिरीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्ने बुझिएको छ । त्यसको भोपिल्ट तीनै व्यक्ति मृत भेटिएका छन्’ स्रोतले भन्यो, ‘मोबाइल नभेटिएपछि प्रहरीले छाडेका तीनै व्यक्तिलाई बाबाले आफ्नो नियन्त्रणमा लिएर रातभर यातना दिएर हत्या गरेको हुनसक्ने हाम्रो विश्लेषण छ ।’

लामो समय भारतको बनारस बसेका ‘बाबा’ पछिल्लो समय भने नेपालमै बस्थे । प्रहरीका अनुसार राजवंशी थरका उनी नेपाली नागरिक नै हुन् । राति अहिले मृत फेला परेका गिरीसँगै बसेको देखिएका ‘बाबा’ अहिले भने फरार छन् ।

फरार बाबाको पहिचान भइसकेको तर पक्राउ पर्न मात्रै बाँकी रहेको प्रहरीको भनाइ छ । ती युवकको घटना भने अहिलेसम्म गुपचुप छ । यसबारे औपचारिक रुपमा प्रहरी केही बोलेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search