शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनु हुँदैन : प्रधानमन्त्री कार्की

कास्की । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताउनुभएको छ । आज पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले शिक्षा समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलाप अबको आवश्यकता रहेको भन्दै उहाँले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु अहिलेको मुख्य चिन्ताको विषय रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि यही फागुन २१ गते हुन गइरहेको चुनाव अत्यन्त महत्त्वपूर्ण अवसर भएकाले यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि पनि सबैलाई आह्वान गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search