काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ । अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार ६५ रुपैयाँले बढेको चाँदीको भाउ आज १०५ रुपैयाँले घटेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो हप्ता चाँदीको भाउ तोलाको ५ हजार ११५ रुपैयाँ थियो ।











