इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्‍याे

काठमाण्डाै । इरानले फिफा विश्वकप २०२६ को प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो ।

अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तिजुआनामा राख्ने इरानको फुटबल महासङ्घका प्रमुख मेहदी ताजले बताउनुभएको छ । उहाँका अनुसार इरानमाथि अमेरिका–इजरायल युद्धका कारण उत्पन्न भिसासम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ । यस्तै टोलीले इरान एअरबाट सीधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ ।

विश्वकपको समूह ‘जी’ मा रहेको इरानले लस एन्जलसमा जुन १५ मा न्युजिल्यान्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ ।

मेक्सिको, अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन ११ देखि शुरू हुनेछ । पहिलो पटक विश्वकप ३ वटा देशले संयुक्त आयोजना गरेका हुन् । यस पटकदेखि ४८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search