निवर्तमान आईजीपी खापुङलाई अनुमतिविना काठमाण्डाै उपत्यका छाड्न राेक

काठमाण्डाै । आजदेखि अवकाश पाउनुभएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ । गएको भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले खापुङको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिविना काठमाण्डौ उपत्यकासमेत छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्ति निकालेर जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागू हुने गरी रोक लगाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आजै गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालिसक्नुभएको छ । आयोगले यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई स्थान हद लगाउने निर्णय गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search