प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

काठमाण्डाै । निर्वाचन आयोगले आउँदाे प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर प्रतिनिधिसभाका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रियसभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।

प्रतिनिधिसभा चुनावका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि त्यही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । आउँदाे फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ गते र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search