Ads3

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा गएराति मध्यमसम्मको पानी परेको छ । साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमती प्रदेशका एक/दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिराहामा ३७.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोरखा , बाग्लुङ र पर्वत जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको एक/दुई ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्