Ads3

संखुवासभा र भक्तपुरमा गएराति सबैभन्दा धेरै वर्षा

संखुवासभा र भक्तपुरमा गएराति सबैभन्दा धेरै वर्षा

काठमाण्डौ । गएराति देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा संखुवासभाको टाँसीगाउँमा सबैभन्दा धेरै ११२ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै भक्तपुरको चाँगुनारायणमा पनि ९० मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा  हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको छ । आज कोशी, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । आज राति कोशी प्रदेशको पहाडी र तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपासका क्षेत्रकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ  ।

Muktinath

प्रतिक्रिया दिनुहोस्