Ads3

सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएन, आज ३ हजार ३०० रुपैयाँले घट्यो

सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएन, आज ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ लगातार ओरालो लागेको छ । आज पनि सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ६ हजार ३०० रुपैयाँले घटेर तोलामा २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

गएको शुक्रबार यता सुनचाँदीको भाउ लगातार घटिरहेको छ । यस्तै आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि शुक्रवारयता लगातार ओरालो लागेको हो ।

चाँदी हिजो तोलाको ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्