काठमाण्डाै । प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो दुई दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फर्कँदै हुनुहुन्छ । प्रधानमन्त्री शाह नयाँ दिल्लीमा रहेकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि स्वदेश प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गर्नुभयाे । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ताका साथै भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएकाे थियाे ।
भ्रमणका क्रममा नेपाल र भारतबीच आठ महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हिजाे दिउँसाे नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको थियाे ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्