Ads3

अमेरिकी–इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दाबी

अमेरिकी–इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दाबी

अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ । पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताउनुभएको छ ।

साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द्व अन्त्य गर्न तथा हर्मुज जलमार्ग पुनः खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनुभयो । उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिरोध अन्त्य गर्ने तथा क्षेत्रीय शान्ति र स्थिरता पुनःस्थापना गर्न वार्तामार्फत समाधान खोज्ने विषयमा केन्द्रित थिए ।

पाकिस्तानले जारी अमेरिकी–इरान गतिरोधसहित मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको संकट समाधानका लागि आफ्ना भ्रातृ राष्ट्रहरूसँग समन्वय गर्दै इमानदार कूटनीतिक प्रयास जारी राखेको प्रवक्ता अन्दराबीले बताउनुभयो ।

मुनिरको तेहरान भ्रमणले अमेरिका र इरानबीचको मतभेद घटाउन पाकिस्तानले गरिरहेको रचनात्मक प्रयासलाई प्रतिबिम्बित गरेको उहाँको दाबी छ । इरानी नेतृत्वले पनि तनाव न्यूनीकरण र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न इस्लामाबादले गरिरहेको प्रयासको प्रशंसा गरेको अन्दराबीले जानकारी दिनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्