काठमाण्डौ । कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहीवारसम्म नै पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गएरातिदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको संखुवासभा टाँसीगाउँमा थप पानी पर्ने सम्भावना छ । महाशाखाले टाँसीगाउँ आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
गएराति टाँसीगाउँमा सबैभन्दा धेरै ११६ मिलिमिटर वर्षा मापन भएको थियो । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भैरहेको छ । आज राति पनि कोशीको पहाड र तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँका नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस्