काठमाण्डाै । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.७९ अङ्कले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन समूह १.२१ प्रतिशतले ओरालो लागेको छ ।
आज १८५ वटा कम्पनीको शेयर घटेकोमा ८६ वटाको बढेको छ । ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज एभरेस्ट कलरको शेयर ५.३६ प्रतिशतले घटेको छ । अपर लोहोरे खोला हाइड्रोपावरको शेयर ११.८४ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको शुक्रवार ३ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्