Ads3

सेपाकताक्रो कोशी प्रदेश छनोट सम्पन्न: सङ्खुवासभालाई सर्वाधिक चार स्वर्ण

सेपाकताक्रो कोशी प्रदेश छनोट सम्पन्न: सङ्खुवासभालाई सर्वाधिक चार स्वर्ण

सङ्खुवासभा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत कोशी प्रदेशस्तरीय सेपाकताक्रो छनोट प्रतियोगिता सङ्खुवासभाको खाँदबारीमा सम्पन्न भएको छ । मङ्सिर ४ गतेदेखि सुरु भएको तीनदिने प्रतियोगितामा आयोजक सङ्खुवासभाले सर्वाधिक चार स्वर्ण र एक रजत पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा भएको प्रतियोगितामा सङ्खुवासभाले पुरुष रेगु, पुरुष डबल, महिला क्वाड र पुरुष क्वाडमा स्वर्ण तथा महिला डबलमा रजत पदक हात पारेको हो। त्यस्तै सुनसरीले महिला रेगु र महिला डबलमा गरी दुई स्वर्ण जित्यो। झापाले पुरुष रेगु, पुरुष डबल, पुरुष क्वाड र महिला क्वाडमा रजत पदक प्राप्त गर्दा महिला डबलमा झापा र भोजपुर बराबरी हुँदै तेस्रो स्थानमा रहे। पहिलोपटक सहभागी भएका उदयपुरले महिला रेगुमा रजत र धनकुटाले पुरुष रेगु तथा पुरुष डबलमा कास्य पदक जितेको प्रमुख रेफ्री मेघराज तोलाङ्गले जानकारी दिनुभयो।

पहाडी जिल्ला सङ्खुवासभामा पहिलोपटक प्रदेशस्तरीय छनोट प्रतियोगिता आयोजना भएको हो । कार्यक्रममा बोल्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले पहाडी जिल्लामा प्रदेशस्तरीय छनोट हुनु गौरव र ऐतिहासिक उपलब्धि भएको बताउँदै यसले स्थानीय खेलाडीको क्षमता विकास र खेलकुद पहिचान विस्तारमा टेवा पुर्‍याउने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा विजेता खेलाडी तथा टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । छनोट भएका खेलाडीले दशौँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

Muktinath

प्रतिक्रिया दिनुहोस्