Ads3

धुवाँ छागामा सीसी क्यामेरा जडान

धुवाँ छागामा सीसी क्यामेरा जडान

सङ्खुवासभा। सङ्खुवासभाको चिचिला गाउँपालिका–२ र ३ को सिमानामा अवस्थित पर्यटकीयस्थल धुवाँ छागामा सीसी क्यामेरा जडान गरिएको छ।

छागा आसपासको खोला किनारमा अवैध रूपमा माछा मार्ने तथा माछा मार्ने क्रममा विषादी प्रयोग गरी जलचरलाई क्षति पुर्‍याउनेजस्ता गतिविधि बढ्दै गएको र पर्यटकीयस्थलमा आउने पर्यटकले जथाभावी फोहोर फाल्ने गरेको पाइएपछि निगरानी तथा संरक्षणका लागि सीसी क्यामेरा जडान गरिएको हो।

धुवाँ छागाको प्राकृतिक सौन्दर्य, वातावरणीय स्वच्छता तथा जैविक विविधताको संरक्षण गर्नुका साथै पर्यटकहरूलाई जिम्मेवार र सचेत बनाउन क्यामेरा जडान गरिएको धुवाँ छागा निर्माण समितिका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो।

प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालिएको यस कदमले धुवाँ छागाको स्वच्छता, सुरक्षा र दिगो संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Muktinath

प्रतिक्रिया दिनुहोस्