Ads3

चेपाङ समुदायले मनाउने छोनाम पर्वमा आज मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा

चेपाङ समुदायले मनाउने छोनाम पर्वमा आज मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा

काठमाण्डौ । चेपाङ समुदायले आज न्वाँगी अर्थात छोनाम पर्व मनाउँदैछन् । चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

चेपाङ समुदायले हरेक वर्षको भदौ २२ गते छोनाम पर्व मनाउने गर्छन् । नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङमा हरेक वर्षको भदौ २२ गते सार्वजनिक बिदा दिंदै आएको छ ।

भोटेकोशी बाढीबाट नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको ठूलो क्षति भएकाले चेपाङ समुदायले सामूहिक रुपमा मनाइँदै आएको न्वाँगी पर्व यसपालि घर–घरमा मात्र मनाउने भएका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्