Ads3

विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाण्डाै । सरकारले नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे ।

प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशककाे जिम्मेवारी पाउनुभएकाे हाे । यसअघि सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३’ मार्फत हितेन्द्रदेव शाक्य स्वतः पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएकाे थियाे ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकता पाँचौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने र साविकमा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ संशोधन गर्ने निर्णय गरेको छ ।

बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्