काठमाण्डाै । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
मुद्दा दर्ता भएपछि फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईले आज अदालतमा हाजिर भई बयान दिएका थिए । उनीहरूविरुद्ध फिफा विश्वकप छनोटअन्तर्गतको खेल बहराइनमा सार्न मिलेमतो गरेको, टिकट बिक्रीको रकम अपचलन गरेको तथा आर्थिक कार्यविधि विपरीत खेलकुद सामग्री खरिद गरी अनियमितता गरेको अभियोग छ ।
यसअघि यही प्रकरणमा प्रतिवादी बनाइएका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्