काठमाण्डौ । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ शुरु गरेको छ ।
सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गएको बुधबार आएको बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आजदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ ।
त्यस क्षेत्रमा ६२ सैनिकसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ८२ सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्