Ads3

भोटेकोशीमा अहिलेलाई बाढीको ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ

भोटेकोशीमा अहिलेलाई बाढीको ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा अहिलेलाई बाढीको ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय रसुवाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचनाको आधारमा महाशाखाले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट र धादिङका नदी किनारमा सतर्कता अपनाउन भनेको थियो ।  तर अहिलेलाई बाढी केही बढे पनि ठूलो जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

बाढीसम्बन्धी प्राप्त सूचनाको आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्