Ads3

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयाेजनाकाे सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि अस्तिदेखि अस्थायीरूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ ।

अहिले विशेषज्ञसहित ९३ जनाको टोलीले काम गरिरहेका सेनाले जनाएको छ । ड्रिलिङ मेशिनसहित एक्स्काभेटर, हाइड्रोलिक कटरलगायतका सामाग्रीको प्रयोग गरेर काम भइरहेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टाेली तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै अहिले भारतीय र चिनियाँ टोलीसमेत सुरुङकाे उत्खनन गर्न परिचालन भएका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्