काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार रुपैयाँले घटेको हो । आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँले बढेको थियो ।
हिजो भाउ बढेर तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ आज घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमबार र आइतबार पनि चाँदीको भाउ घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्