Ads3

शेयर बजार लगातार ६ काराेबार दिन बढ्याे

शेयर बजार लगातार ६ काराेबार दिन बढ्याे

काठमाण्डाै । शेयर बजार लगातार ६ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.६७ अङ्कले बढेर २ हजार ६२५.९३ विन्दुमा पुगेको छ । आज बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १७२ वटा कम्पनीको शेयर बढेकोमा ९० वटाको घटेको छ । १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिबेन्चर (२०८९) ३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड ३६ लाख कित्ता शेयर ४ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्