Ads3

स्पेनमा २ वटा रेल ठोक्किँदा ३० जनाकाे ज्यान गयाे

स्पेनमा २ वटा रेल ठोक्किँदा ३० जनाकाे ज्यान गयाे

स्पेनको राजधानी मड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने मुख्य रेलमार्गमा दुई वटा तीव्र गतिका रेल आपसमा ठोक्किएका छन् । टोलिडो क्षेत्रमा भएको दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको क्षेत्रीय सरकार कात्या–ला मान्चालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार दुर्घटनापछि मुख्य रेलमार्ग पूर्णरूपमा बन्द गरिएको छ । स्थानीय समयअनुसार बिहान ९ बजे भएको यो दुर्घटनाका कारण दुई वटा डिब्बा ट्र्याकबाट तल खसेका छन् । घटना लगत्तै हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहितका उद्धारकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरेका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जालमार्फत यस दुर्घटनाप्रति शोक व्यक्त गर्नुभएको छ । स्पेनमा यस वर्ष भएको यो दोस्रो ठूलो घातक रेल दुर्घटना हो । यसअघि गएकाे जनवरीमा दक्षिणी स्पेनमा एउटा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको ज्यान गएकाे थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्