Ads3

एशियाली खेलकुद : नेपाली महिला भलिबल टोली जापानसँग साेझाे सेटमा पराजित

एशियाली खेलकुद : नेपाली महिला भलिबल टोली जापानसँग साेझाे सेटमा पराजित

काठमाण्डाै । एशियाली खेलकुदअन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ । कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग ३–० को सोझो सेटमा पराजित भयो । जापानले पहिलो सेट २५–८, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ ले जित्यो ।

समूह ‘ए’ मा रहेको नेपालले अब भोलि इन्डोनेशियासँग खेल्नेछ । यो खेल भोलि दिउँसो ४ बजेर ५ मिनेटमा शुरू हुनेछ । प्रतियोगितामा ४ वटा समूहमा १४ टोली सहभागी छन् । समूह ‘ए’ र ‘बी’ मा ३/३ र समूह ‘सी’ र ‘डी’ मा ४/४ वटा टोली छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्