Ads3

तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धानबालीमा क्षति

तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धानबालीमा क्षति

काठमाण्डौ । तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति गरेको छ । बाँकेमा गएरातिको हुरीले धानबालीमा क्षति गरेको छ । त्यस्तै कपिलबस्तुसहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ । बाँके नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढालेको छ ।

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिनुभयो । बाँकेमा यसवर्ष ३३ हजार ५०३ हेक्टरमा बर्खे धान रोपिएको छ । मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ ।

मौसमविद् रोजन लामिछानेकाअनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ । मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। 

Muktinath

प्रतिक्रिया दिनुहोस्