Ads3

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली नागरिकको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष लिङ्देनले कांग्रेसको १४औँ महाधिवेशनमा आफूले बोलेको कुरा १५औँ महाधिवेशनसम्म आइपुग्दासम्म कुनै सुधार नभएको उल्लेख गर्नुभयाे ।

‘मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिए । आमनागरिकमा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन’, उहाँले भन्नुभयो, ‘त्यस बेला देशको नेतृत्व गरिराखेका मुख्य–मुख्य नेतालाई भ्रम भएजस्तै देखियो । उहाँहरूले भर्खर–भर्खर, त्यसमाथि एउटा राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिराखेको छ र अर्ती–उपदेश दिइराखेको छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । मैले त्यो बेला भनेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक भएको देख्छु ।’

अध्यक्ष लिङ्देनले मान्छेमा परिवर्तन भएता पनि देशको स्थिति भने जहाँको त्यहीँ रहेको उल्लेख गर्दै देश र नागरिकका पक्षमा संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्