Ads3

रुसबाट सन् २०२२ यता युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

रुसबाट सन् २०२२ यता युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (ईयू) का सदस्य देशहरुले सन् २०२२ देखि अहिलेसम्म रुसबाट ३२० अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन् ।

रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सन् २०२२ यताको अवधिमा युरोपेली सङ्घ (ईयू) का देशहरूमा ३२० अर्ब ७० करोड डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनुभयो ।

उहाँका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद भएको छ । उहाँले प्रतिबन्धका बाबजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताउनुभयो ।

ईयूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्सलगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी० आयात गरिरहेका छन् । स्लोभाकिया र हङ्गेरीले पाइपलाइनबाट आउने रुसी तेल खरिदमा छुट पाएका छन् ।

भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्‍याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन । यी देश र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्