Ads3

शव सङ्कलनका लागि सेनाले १२ सय जनशक्ति थप्याे

शव सङ्कलनका लागि सेनाले १२ सय जनशक्ति थप्याे

काठमाण्डाै । भोटेकोशीमा अस्ति बुधवार आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो ‘अपरेशन’ लाई थप तीव्र बनाएको छ ।

शव सङ्कलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव सङ्कलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो ।

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा सङ्कलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २०० सैनिक जनशक्ति परिचालन गरिएको छ ।

नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नारायणी नदी किनारका सम्भावित ठाउँहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर शव सङ्कलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।

यसअघि सेनाले प्रभावितहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १ हजार ६०० जनशक्ति खटाएको थियो । आज थप १ हजार २०० सैनिक परिचालन गरेसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तटीय इलाकामा उद्धार, राहत र शव सङ्कलनका लागि परिचालन हुने नेपाली सेनाको सङ्ख्या २ हजार ८०० पुगेको छ ।

नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बाबजुद पनि सैनिक टोलीले निरन्तररूपमा शव फेला पार्ने र सङ्कलन गर्ने कार्यलाई अघि बढाइरहेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्