काठमाण्डौ । लगातारको वर्षाका कारण सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढीले झण्डै ५०० घर डुबानमा परेका छन् ।
डुबानबाट दुई हजारभन्दा धेरै परिवार प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि उनीहरु प्रभावित भएका हुन् ।
सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा बाढी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो ।
बाढीबाट प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने र तत्काल खानाको व्यवस्था गर्ने काम भैरहेको तथा पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्