Ads3

शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो

शेख हसिनाको स्वदेश फर्किने घोषणालाई लिएर बंगलादेशमा फेरि तनाव चर्कियो

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणासँगै बंगलादेशमा फेरि राजनीतिक तनाव चर्किएको छ । हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आज देशव्यापी बन्द आह्वान गरेपछि सुरक्षा सतर्कता बढाइएको छ । बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार हसिनाको सम्भावित आगमनलाई लिएर देशका विभिन्न ठाउँमा हिंसात्मक घटना बढेका छन् ।

एक हप्ताको समयमा २१ जिल्लामा बम विस्फोट र आगजनीका घटना भएका छन् । गोपलगञ्जलगायतका क्षेत्रमा अवामी लिगका समर्थक र सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीच झडपसमेत भएका छन् ।

चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा नचिनेको मान्छेको समूहले आगजनी भएको छ । अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना अहिले भारतमा बस्दै आउनु भएको छ । अर्को डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरपछि राजनीतिक तनाव बढ्दै गएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्