Ads3

श्रीलङ्का आयोजकबाट हटेपछि पहिलो 'महिला च्याम्पियन्स ट्रफी' भारतमा हुने

श्रीलङ्का आयोजकबाट हटेपछि पहिलो 'महिला च्याम्पियन्स ट्रफी' भारतमा हुने

काठमाण्डाै । ६ वटा टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलङ्काबाट भारतमा सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रतियोगिताको नयाँ आयोजकका रूपमा भारतको नाम पक्का गरेको हो । महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलङ्कामा आयोजना गर्ने तय भएको थियो ।

टी–२० फर्म्याटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी १४ देखि २८ सम्म मुम्बई र वडोदराको रङ्गशालामा सञ्चालन हुनेछ ।

आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपका कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलङ्का यस प्रतियोगिताको हिस्सा रहनेछ ।

छनोटका लागि तोकिएको अन्तिम मिति गएको जुलाई ६ मा टी–२० वरीयताको शीर्ष ६ भित्र रहेर भारत, श्रीलङ्का, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले प्रतियाेगिता खेल्नेछन् ।

प्रतियोगितामा सहभागी टोलीहरूबीच ‘राउन्ड–रोबिन’ लिगका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

श्रीलङ्का क्रिकेट अहिलिे ‘ट्रान्सफर्मेशन कमिटी’ अर्थात् रूपान्तरण समिति नामक अन्तरिम प्रशासनको मातहतमा छ । आईसीसीले राजनीतिक रूपमा नियुक्त प्रशासनहरूलाई मान्यता दिँदैन ।

Muktinath

प्रतिक्रिया दिनुहोस्