काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा आज भएकाे भेटमा प्रधानमन्त्री शाहले विपद्को यस घडीमा अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनका कारण यस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड दिनुभयो ।
साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो । भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घडीमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धतासमेत जनाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्