काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
सीआईबीको अनुसन्धानअनुसार चार जनाबाट कुल ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ । त्यही आधारमा उनीहरूविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको हो ।
प्रतिवेदनमा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फरारका रूपमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्