Ads3

नेप्से दाेहाेराे अङ्कले बढेर २ हजार ६२१ विन्दुमा

नेप्से दाेहाेराे अङ्कले बढेर २ हजार ६२१ विन्दुमा

काठमाण्डाै । शेयर बजार लगातार पाँच कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१.३२ अङ्कले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ ।आज सबै समूहको उपसूचक बढेकोमा बैंक, विकास बैंक र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज १८८ वटा कम्पनीको शेयर बढेकोमा ८० वटाको घटेको छ । ९ वटा कम्पनीको शेयर बने घटबढ भएको छैन । आज सिद्धार्थ बैंकको डिबेन्चर (२०८९) १३.२१ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन सगरमाथा जलविद्युत्को शेयर ६.३२ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीको १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्