Ads3

आमिर खानका भान्जा इमरानलाई भारत छोड्न ‘अल्टिमेटम’

आमिर खानका भान्जा इमरानलाई भारत छोड्न ‘अल्टिमेटम’

‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले मुम्बईमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी भएको केही दिनपछि मुम्बई प्रहरीले अभिनेता इमरान खानलाई भारत छोड्न भनेको छ । 

मुम्बई प्रहरीले बलिउड सुपरस्टार आमिर खानका भान्जासमेत रहेका ४३ वर्षीय अभिनेतालाई देश छोड्नका लागि अक्टोबर २८ सम्मको समयसीमा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय नागरिक नभए पनि विरोध प्रदर्शनमा सहभागी भएको भन्दै अध्यागमन ऐनको सान्दर्भिक प्रावधानअन्तर्गत इमरान खानविरुद्ध कारबाही गरिएको प्रहरीले भनेको छ ।

रिपोर्टहरूका अनुसार खानसँग अमेरिकी नागरिकता छ र उनीसँग पूर्ण भारतीय नागरिकताको सट्टा ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्ड रहेको खबरमा उल्लेख छ । यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन ।

‘इमिग्रेशन एन्ड फरेनर्स एक्ट २०२५’ का प्रावधानहरूअन्तर्गत रही यो प्रस्थान सूचना जारी गरिएको हो । यस ऐनको दफा ७ ले भारतको केन्द्रीय सरकारलाई भारतभित्र विदेशीहरूको प्रवेश, प्रस्थान, उपस्थिति वा आवतजावतलाई नियमन गर्न, सीमित गर्न वा निषेध गर्नका लागि आदेश, निर्देशन वा निर्देशहरू जारी गर्ने अधिकार प्रदान गर्दछ ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध विरोध प्रदर्शन गर्न यही अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा भेला भएकाहरूमध्ये इमरान खान पनि थिए । प्रदर्शनका क्रममा प्रहरीले उनलाई हिरासतमा लिएर पछि छाडेको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्