काठमाण्डाै । एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेशियालाई २७ रनले हराएको छ ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको मलेशियाले ४० ओभर १ बलमा १४३ रन बनाउँदा सबै विकेट गुमायो । मलेशिया १ विकेट गुमाएर ९४ रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जीत दिलाए ।
मलेशियाका अकिल वाहिदले ५६, नाजमुस शाकिबले ५१ रन बनाए । नेपालका ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले २–२ विकेट लिए । यस्तै हेमन्त धामीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो । नेपालका रोहित पौडेलले ६१, गुल्सन झाले ४५ रन बनाए । मलेशियका अकिल वाहिदले ४ विकेट लिए ।
पहिलो अभ्यास खेलमा नेपालले मलेशियालाई ९ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्