Ads3

काठमाण्डौ–मुग्लिन सडक आज बेलुकीसम्म खुलाउने प्रयास चल्दै

काठमाण्डौ–मुग्लिन सडक आज बेलुकीसम्म खुलाउने प्रयास चल्दै

काठमाण्डौ । अस्ति बुधवारदेखि अवरुद्ध काठमाण्डौ–मुग्लिन सडक आज बेलुकीसम्म खुलाउने गरी काम भैरहेको छ । बाढीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सडक अवरुद्ध छ ।

काठमाण्डौ जोड्ने मुख्य नाका तीन दिनसम्म अवरुद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेहरुलाई सास्ती भएको छ । अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन ।

हिजोदेखि लेदो पन्छाउने काम भैरहे पनि सडक खुलाउन बाँकी छ । अझै तीन ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सडक खुलाउने गरी काम भैरहेको धादिङ प्रहरीले जनाएको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्