चीनको दक्षिण–पश्चिम सिजाङ स्वायत्त क्षेत्र चीन–नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढीका कारण ज्यान गुमाउनेहरुको संख्या ३१ जना पुगेको छ ।
गएको अगस्ट २६ तारिख अर्थात् भदौ १० गते बुधबार आएको पहिरोमा ज्यान गुमाउनेहरुको संख्या ३१ जना पुगेको स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कमाण्ड सेन्टरका अनुसार पहिरोपछि आएको ठूलो बाढीबाट ५३१ जना सम्पर्कविहिन रहेका छन् । उनीहरुको खोजी कार्य भैरहेको छ ।
उद्धारकर्मीले ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको समेत बताएका छन् । हिमाली क्षेत्रमा हिमचट्टानसहितको पहिरोको आज ११ औँ दिन भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्