Ads3

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीले गरे मुआब्जा 

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीले गरे मुआब्जा 

संखुवासभा। अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण प्रक्रिया पुनरावलोकन गर्न संखुवासभाको खाँदबारीका प्रभावित जग्गाधनीले माग गरेका छन् ।

खाँदबारी नगरपालिका क्षेत्रका प्रभावित जग्गाधनीले मुआब्जा निर्धारणका क्रममा पर्याप्त छलफल, सहभागिता र पूर्वजानकारी नगराइएको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग पुनरावलोकनको माग गरेका हुन् ।

अरुण तेस्रो ४०० केभी प्रसारण लाइन सहजीकरण समूहले प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै मुआब्जा निर्धारण प्रक्रिया पुनरावलोकन गरी उचित क्षतिपूर्ति र न्यायोचित निर्णय गर्न माग गरेको छ ।

मुआब्जा पुनरावलोकन सहजीकरण समितिका संयोजक नवीन भण्डारीले प्रभावित जग्गाधनीसँग पर्याप्त छलफल र परामर्श नगरी मुआब्जा निर्धारण प्रक्रिया अघि बढाएको बताउनुभयो ।

समितिले यस विषयमा गृह मन्त्रालयमा समेत निवेदन पेस गरेको जनाएको छ । प्रभावित जग्गाधनीले प्रसारण लाइन निर्माणबाट पर्ने असरलाई ध्यानमा राखी निष्पक्ष र पारदर्शी रूपमा समस्या समाधान गर्न माग गरेका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्