Ads3

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका काम तीव्र

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका काम तीव्र

काठमाण्डाै । बाढी प्रभावित जिल्लाहरू – रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनस्थापनामा काम तीव्र बनाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैरसरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन् ।

नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआईएन) मा आबद्ध ३० वटा संस्थाले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन् ।

राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो ।

प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापनाका काम अघि बढाइने एआईएनको विपद् जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो ।

सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरेबमोजिम बितेको ३० वर्षदेखि सक्रिय १०१ सदस्य संस्था रहेको एआईएनले विपद् व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्