भारतको बिहार गंगा नदीमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेकाअनुसार हिजो बेलुका बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँ नजिकै दुर्घटना भएको हो ।
डुंगामा २५ जना भन्दा धेरै थिए । उनीहरु भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको खबरमा उल्लेख छ । घटनालगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए ।
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्