Ads3

इरानसँग फेरि वार्ता गर्न आफु हतारमा नरहेको  ट्रम्पको भनाइ

इरानसँग फेरि वार्ता गर्न आफु हतारमा नरहेको  ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः सुरु गर्न आफू हतारमा नरहेको बताउनुभएको छ । उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम छ ।

कतार र पाकिस्तानले अमेरिका–इरान तनाव घटाउन मध्यस्थताको प्रयास गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तत्काल नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको बताउनुभएको छ । तर, इरानबाट आक्रमण भए सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्