काठमाण्डौ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अर्को वर्ष सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै घरेलु मैदानमा श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो ।
बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाह्रियार नफिसले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समयअघि नै द्विपक्षीय शृंखला खेल्ने प्रस्तावआएपछि बीसीबी र क्यानबीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ ।
नफिसले बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् २०२७ सम्मको वर्तमान फ्युचर टुर्स प्रोग्राम (एफटीपी) चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्