Ads3

सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो ।

सुन हिजो तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो ।

आइतबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज पनि चाँदीको भाउ घटेको छ । हिजो तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर तोलाको ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्