काठमाण्डौ । आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । देशका अरु पहाडी केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ठूलो वर्षाको सम्भावना रहेका रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्