काठमाण्डाै । अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाडी चलाउन राेक लगाइएकाे छ । जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा ठूलाे वर्षाको सम्भावना देखाएपछि जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन गाडी आवागमनमा रोक लगाएको हो ।
प्रशासनका अनुसार आज राति ८ बजेदेखि भाेलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाडीको आवागमन पूर्णरूपमा बन्द रहनेछ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले सूचना निकालेर मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गर्नुभएको छ । साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्