काठमाण्डाै । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ११.७७ अङ्कले बढेर २ हजार ६२९.८१ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेकोमा उत्पादन समूहको शेयर १.८३ प्रतिशतले उकालो लागेको छ ।
आज १७६ वटा कम्पनीको शेयर बढेकोमा ९५ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज नेपाल ल्युब आयलको शेयर साढे १२ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन मिड सोलु हाइड्रोपावरको शेयर साढे ११ प्रतितले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीको १ करोड ७२ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्