Ads3

कोशीका १४ जिल्लामध्ये संखुवासभा भयो शान्तिसुरक्षामा सर्वाेत्कृष्ट

कोशीका १४ जिल्लामध्ये संखुवासभा भयो शान्तिसुरक्षामा सर्वाेत्कृष्ट

कोशी प्रदेशका १४ जिल्लामध्ये जिल्ला प्रहरी कार्यालय संखुवासभा कार्यसम्पादन मूल्यांकनमा सर्वाेत्कृष्ट भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा संखुवासभाले सबैभन्दा धेरै नम्बर ल्याएको हो। उसले १०० मा ९४.३८ नम्बर ल्याएको छ। दोस्रो स्थानमा जिप्रका भोजपुर र तेस्रोमा पाँचथर भएको छ। 

प्रदेश कार्यालयले लक्ष्य र जिम्मेवारी तोकेर सूचकका आधारमा हरेक जिल्लाको मूल्यांकन गर्दछ। जसमा संखुवासभाले सबैभन्दा धेरै लक्ष्य पूरा गरी शान्तिसुरक्षामा पनि उत्कृष्ट काम गरेको हालैको समीक्षा बैठकले निष्कर्ष निकालेको हो। जिप्रका संखुवासभामा एक वर्षदेखि डिएसपी कुमारप्रसाद मैनालीले नेतृत्व सम्हाल्दै आएका छन्। 

साथै, चालू आर्थिक वर्षका लागि पनि प्रदेश प्रहरी कार्यालयले सबै जिल्लासँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेको छ। 

Muktinath

प्रतिक्रिया दिनुहोस्